कांग्रेसको नेतृत्वले भुलेका वरिष्ठ नेता गुरुङसँग आङदेम्बेले भेटेर लिए आशीर्वाद

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री कुलबहादुर गुरुङ (केबी)लाई संसदीय दलका नेता भीष्मराज आङदेम्बेले भेट गरेर आशीर्वाद लिएका छन् ।

शुक्रबार निवसामै पुगेर नेता गुरुङलाई संसदीय दलका नेता आङदेम्बेले भेट गरेका हुन् । आङदेम्बेलाई नेता गुरुङले संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकोमा बधाई दिएका छन् । गुरुङले कार्यकालको शुभकामना पनि दिएका छन् ।

नेता गुरुङ कांग्रेसका वरिष्ठ नेतामा पर्छन् । गुरुङलाई कांग्रेस नेतृत्वले बिर्सिएको छ । सबैले बेवास्ता गरेका बेला संसदीय दलको नेतामा चयन भएपछि आङदेम्बेले नेता गुरुङलाई गएर भेट गरेका छन् ।

वीपी कोइराला, शुवर्णशम्शेर राणा, गणेशमान सिंह, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूसँग राजनीति गरेका नेता गुरुङ पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् । इलामबाट पटक पटक विजयी भएका नेता गुरुङ कांग्रेसका अलस नेताहरूमध्येमा पर्छन् ।

Published : Friday, 2026 May 1, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया