आदेशमा कनै पनि न्यायिक मापन भेटेनौं, नजिरहरूसँग मेल खाँदैन, तैपनि फैसला मान्छौँ : देउवा समूह
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काद्वारा आह्वान गरिएको शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले सर्वोच्च अदालतको फैसलामा स्थापित नजिरहरू विपरीत रहे पनि न्यायालयकाको सर्वोच्चताका लागि स्वीकार गर्ने निर्णय गरेको छ ।
वैशाख १५ र १६ गते दुई दिन काठमाडौंमा बसेको देउवा पक्षीय नेताहरूको बैठकपछि खड्काद्वारा जारी विज्ञप्तिअनुसार सर्वोच्च अदालतको फैसला निर्वाचन आयोगद्वारा विगतमा दलहरूको विवादको फैसला गर्दा स्थापित कतिपय नजिरहरू र स्वंय नेपाली कांग्रेसको विधानसँग मेल नखएको जनाइएको छ ।
खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले हाम्रो रिट निवेदन उपर गरेको आदेशका आधार र कारणहरू नेपालको संविधान, दल सम्बन्धि प्रचलित कानून, निर्वाचन आयोगद्वारा विगतमा दलहरूको विवादको फैसला गर्दा स्थापित कतिपय नजिरहरू र स्वंय नेपाली कांग्रेसको विधानसँग हामीले हेर्दा मेल देखिदैन ।’
‘आदेशमा कनै पनि न्यायिक मापन हामीले भेटेनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आदेशमा उल्लेखित आधारहरूमा सहमत नहँदा नहुँदै पनि नेपाली कांग्रेस पार्टी विधिको शासन मान्न, स्वतन्त्र न्यायपालिकाको सदैव सम्मान गर्ने र यही संस्कार र परम्पराबाट हामी हुर्किदै आएकोले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व सम्बन्धमा मिति २०८३ वैशाख ४ गतेको सर्वोच्च अदालतको निर्णय मान्दछौं ।’
निवर्तमान कार्यबाहक सभापति खड्काले न्यायालयको निष्पक्षता र सर्वोच्चताका लागि आफूहरूले सर्वोच्च अदालतको फैसलालाई मानेर जाने निर्णय गरेको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया