आफ्नो आलोचना गरेको भन्दै गगनद्वारा रामेछाप कांग्रेसका सभापतिलाई निलम्बन, देउवा समूहलाई छानिछानी कारबाही

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस, रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई सभापति पदबाट निलम्बन गरेर कारबाही गरेका छन् ।

बुधबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपाबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार रामेछाप कांग्रेसका सभापति तामाङलाई निलम्बन गरिएको उल्लेख छ ।

गगन थापाले आफ्नो विरोध गर्ने नेताहरूलाई धमाधम अनुशासनको कारबाही गरेर पार्टीबाट निष्काषन गर्न लागेका छन् । निलम्बन भएका रामेछाप कांग्रेसका सभापति तामाङ निवर्तमान सभापति शेरबहादुर देउवा निकटका हुन् ।

यहि अवस्था रह्यो भने निवर्तमान सभापति शेरबहादुर देउवा निकटका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा रहने अवस्था हुने छैन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३/०१/०७ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसूरमा स्पष्टीकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा बद्नियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३/०१/०८ गतेका दिन दिनु भएको स्पष्टीकरण जवाफ प्रारम्भिक रुपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पूर्णबहादुर तामाङ (कान्छाराम)लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसूरमा निर्णय नहुञ्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम)लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ ।’

Published : Wednesday, 2026 April 29, 4:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया