कांग्रेसबाट राष्ट्रिय सभा सदस्यमा सर्वसम्मत निर्वाचित थापाद्वारा खर्च विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य (सांसद) सुनिलबहादुर थापाले निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् ।

राष्ट्रिय सभाका सदस्य थापाले मंगलबार १ लाख ५६ हजार ५ सय निर्वाचन खर्च विवरण सार्वजनिक गरेका हुन् । थापाले निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशलाई सम्बोधन गरेर निर्वाचन खर्चको विवरण बुझाएका छन् ।

थापा नेपाली कांग्रेसबाट कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिएका थिए । उनले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०५७ को दफा ६५ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम प्रस्तुत खर्चको विवरण सार्वजनिक गरिएको जनाएका छन् ।

राष्ट्रिय सभाका सदस्य (सांसद) थापाले मतदाता नामावली खरिदमा २५ सय, प्रचार सामग्रीमा ५ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख, कार्यालय सञ्चालनमा २५ हजार र हवाई भाडामा २४ हजारसहित १ लाख ५६ हजार ५ सय रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

Published : Tuesday, 2026 February 17, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया