कांग्रेसका उम्मेदवार जिताउन तरुण दलद्वारा केन्द्रीय प्रतिनिधिहरु परिचालन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन प्रचार प्रसारमा खटिन निर्देशन दिएका छन् ।

बिहीबार अध्यक्ष गुरुङले केन्द्रीय सदस्यहरुलाई केन्द्रीय प्रतिनिधि तोकिएको जनाएका छन् । उनले भने, ‘यही २०८२ साल फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि तपशिल बमोजिमको जिम्मेवारी सहित केन्द्रीय प्रतिनिधि तोकिएको छ ।’

‘तपाईंको आफ्नो जिल्ला÷निर्वाचन क्षेत्रमा नेपाल तरुण दलको केन्द्रीय प्रतिनिधिको रुपमा रही त्यस जिल्ला÷क्षेत्रमा नेपाली कांग्रेस पार्टी र पार्टीको आधिकारिक उम्मेदवारसँग समन्वय गरी प्रभावकारी कार्य गर्नुहुन,’ अध्यक्ष गुरुङले भने ।

उनले भने, ‘आ–आफ्नो जिल्लामा सबै तहमा गठित नेपाल तरुण दलको तरुण परिचालन समितिलाई २०८२ फागुन २१ गते मतदान कार्य सम्पन्न भई मतगणना पूरा नभएसम्म क्रियाशील गराई राख आवश्यक भूमिका खेल्नुहुन ।’

‘आफ्नो जिल्लामा सबै तहमा दलको संरचनाहरूमा तरुण परिचालन समिति गठन गर्न दलको जिल्ला कार्यसमितिलाई समन्वय गरी आवश्यक सहयोग गर्नुहुन,’ तरुण दलले भनेको छ, ‘नेपाली कांग्रेस पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन चुनावी अभियानसँग सम्बन्धित अन्य आवश्यक देखिएका कार्यहरू गर्न आआफ्नो जिल्लाको/क्षेत्रको पार्टीको उम्मेदवार र दलको
जिल्ला कार्यसमितिसँग समन्वय गर्नुहोला ।’

‘आ–आफ्नो जिल्ला/निर्वाचन क्षेत्रमा दलको तर्फबाट निर्वाचनको अवधिमा गरिएका जिम्मेवारी र कार्यहरूको केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुहोला,’ तरुण दलका अध्यक्ष गुरुङले भने ।

Published : Thursday, 2026 February 5, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया