दाङ १ मा बागी पूर्व मुख्यमन्त्री केसीको साधारण सदस्यता खारेज, पार्टी बिहीन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसीलाई पार्टीबाट निस्कासन गरेको छ ।

नेकपाले पूर्व मुख्यमन्त्री केसीलाई उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवार मेटमणि चौधरीलाई समर्थन गर्न निर्देशन दिएको थियो । केसीले नमानेपछि नेकपाले शनिबार साधारण सदस्य समेत नरहने गरी कारबाही गरेर हटाएको छ ।

पूर्व मुख्यमन्त्री केसी नेकपाबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट दिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

दाङ १ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी रहेका छन् । पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कार अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेकपाले जनाएको छ ।

Published : Saturday, 2026 January 24, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया