सरकार अवैधानिक छ, त्यसलाई वैधानिकता दिन मिलोर निर्वाचनमा जानुपर्छ : कांग्रेस नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलहरूले मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको १९औँ अधिवशनमा बोल्दै नेता सिटौलाले आसन्न निर्वाचनमा पनि राजनीतिक दलहरूले राष्ट्रिय एकता कामय हुनेगरी आफूलाई प्रस्तुत गर्नुपर्ने बताए ।
नेता सिटौलाले राजनीतिक दलहरू, सांसदहरूबीच एकता कायम नहुने हो भने मुलुक दिनप्रतिदिन कमजोर बन्दै जाने अवस्था आएको समेत बताए ।
उनले राष्ट्रिय भावनाको विकास हुनेगरी निर्वाचनमा प्रचार जुट्न पनि सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । नेता सिटौलाले सरकार अवैधानिक रहेको उल्लेख गर्दै त्यसलाई वैधानिकता दिन पनि निर्वाचनमा जानुपर्ने अवस्था आएको बताएका छन् ।
यसैबीच, राष्ट्रिय सभामा दुईवटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचारसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ सम्बन्धी समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक–२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेकी छिन् ।
प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया