कांग्रेस सहमहामन्त्री राठौरद्वारा बर्दिया २ मा उम्मेदवारी दर्ता
बर्दिया । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् निवर्तमान सांसद किशोरसिंह राठौरले बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन कार्यालयमा पुगेर नेता राठौरले मनोनयन दर्ता गराएका हुन् । उनले कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।
नेता राठौरले अहिलेको परिस्थिति निकै कठिन अवस्थामा रहेको भन्दै नेता तथा कार्यकर्ताहरू मिलेर कांग्रेसलाई विजयी बनाउनुपर्ने बताएका छन् ।
उनले भने, ‘फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वर्दियाको क्षेत्र नम्बर –२ मा उम्मेदवारी दिएको छु । दरिलो मुलुक र सुदृढ लोकतन्त्रका लागि बलियो कांग्रेस आवश्यक रहेको समस्त मतदातामा अपील गरेको छु ।’
लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका युवा नेता जन्मजय तिमिल्सिनासहितका नेता कार्यकर्ता नेता राठौरको मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया