कांग्रेस आधिकारिकताको रिट फिर्ता हुँदैन, भ्रममा नपरौं : कार्यबाहक सभापति खड्का
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दर्ता गरिएको रिट फिर्ता हुने भन्ने समाचारहरू गलत रहेको बताएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत् कार्यबाहक सभापति खड्काले सर्वोच्च अदालतमा न्यायका लागि दर्ता गरिएको रिट फिर्ता नहुने बताए ।
उनले भने, ‘केही संचार माध्यममा अशाएका गलत समाचारबारे स्पष्ट होस् । २०८२ माघ २ गते कांग्रेस पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको अबैधानिक निर्णयका बिरुद्धमा २०८२ माघ ४ गते सर्वोच्च अदालतमा हामीले न्याय प्राप्तिको लागि दर्ता गरेको रिट फिर्ता हुने भन्ने समाचार पूर्ण रुपमा असत्य भएको म स्पष्ट पार्न चाहान्छु ।’
केही सञ्चारमाध्यम र समाजिक सञ्जालमा नेपाली कांग्रेसको आधिकारिकताका विषयमा परेको रिटलाई कांग्रेसले फिर्ता लिन लागेको भनेर भ्रम फैलाइएपछि कार्यबाहक सभापति खड्काले रिट फिर्ता नहुने बताए ।
माघ ६ गते मंगलबार भोलि सर्वोच्च अदालतमा नेपाली कांग्रेसको आधिकारिताका विषयमा परेको रिटको सुनुवाई हुँदैछ । कार्यबाहक सभापति खड्काले सर्वोच्च अदालतले निर्वाचन आयोगको अन्यायपूर्ण निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका छन् ।

बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया