दुर्गाद्वारा भिडियो सार्वजनिक, गगनलाई कांग्रेस दिन आयोगमा ५२ करोडको खेला, आयुक्त डा.तुलाधरको फरक मत
काठमाडौं । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले निर्वाचन आयोगमा ५२ करोडको खेल भएपछि गगन थापाले नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ र चार तारे झण्डा पाएको दाबी गरेका छन् ।
शनिबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर संयोजक प्रसाईंले कांग्रेसको रुख र झण्डा गगन थापालाई दिन ५२ करोडको खेल भएको बताए । उनले ५२ करोड पैसाले भरिएको झोलासहितको भिडियो पनि देखाएका छन् ।
संयोजक प्रसाईंले भने, ‘हिजो (शुक्रबार) निर्वाचन आयोगमा कत्रो पैसाको खेल भयो यहाँ । यहाँ हेर्नु हुन्छ । त्यत्तिकै पायो गगनले ? म पैसा देखाइदिन्छु । तपाईहरू कहाँ हुनुहुन्छ ? ल हेर्नुस् पैसाको ठेली ।’
‘यो पैसाको खेलोफड्को भएको । ५२ करोडको खेलाफड्को भएको छ । ५२ करोडमा साथीहरूले ‘रुख’ र के पाए ? झण्डा । कति रहेछ पैसा ? त्यहाँभित्र हेर्नुुस् न,’ प्रसाईंले भने ।
प्रसाईंले भने, ‘यिनीहरू चुनावमा जाँदा यिनीहरूका गाडी पनि फुटाउँछन् मान्छेले । निर्वाचनमा भनेर जो जो उम्मेदवार जान्छन् नि, गाउँमा जाँदा जम्मैलाई लेखेट्ने वातावरण भएन भने नि । नयाँ जाउन् कि पुराना जाउन । सबैलाई लखेट्नुपर्छ । यी सबै पश्चिमाका घोडा हुन्, यी पश्चिमाका दलाल हुन् ।’

निर्वाचन आयोगले शुक्रबार गगन थापा समूहलाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुख र चार तारे झण्डा दिने निर्णय गरेको छ । कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टीको विधान, विधि, पद्धति, ऐन, कानून र संविधानलाई नहेरेर निर्णय गरेको भन्दै कानूनी र राजनीतिक प्रतिवाद गर्ने जनाएका छन् । कांग्रेसले निर्वाचन आयोगको निर्णयविरुद्ध आइतकार सर्वोच्च अदालतमा निवेदन दिएर जान लागेको छ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई शुक्रबार दिने निर्णयमा कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुनशम्शेर जबराले पक्षमा हस्ताक्षर गरेका छन् । अर्की निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले गगन थापा समूहलाई नेपाली कांग्रेस दिने निर्णयको विपक्षमा फरक मत राखेकी छिन् । डा.तुलाधरले फरक मतमा भनेकी छिन्, ‘यो निर्णय संविधान, प्रचलित कानून, आयोगको अभ्यास र न्याय सम्भव नभएको हुँदा निर्णयमा मेरो असहमति छ ।’
नेपाली कांग्रेसलाई गगन थापा समूहलाई दिने निर्वाचन आयोगको निर्णयलाई लिएर आलोचना भइरहेका बेला राष्ट्र, राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले निर्वाचन आयोगमा ५२ करोडको खेल भएको आरोपसहितको भिडियो सार्वजनिक गरेका छन् ।
संयोजक प्रसाईंले लगाएको आरोपका विषयमा सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्छ । भिडियोको पुष्टि भयो भने निर्वाचन आयोगका जिम्मेवार व्यक्तिलाई कानून बमोजिम हदैसम्मको नेपाल सरकारले कारबाही गर्नुपर्छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया