संविधान र लोकतन्त्रको भविष्यका लागि कांग्रेसमा एकता जरुरी : अध्यक्ष लम्साल

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेताहरूलाई आग्रह गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरेर युनियनका अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले पनि खेप्नुपर्ने विभाजन नभई एकताको बाटो रोज्न अनुरोध गरेका हुन् ।

संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको लम्साले बताएका छन् ।

‘नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरुले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,’ अध्यक्ष लम्सालले भने, ‘नेपाल प्रेस युनियन आवद्ध देशभरका साथीहरूलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न हार्दिक अनुरोध गर्दछ ।’

Published : Wednesday, 2026 January 14, 5:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया