पोखरेलको गगनलाई जवाफ देश जलेको बेला उत्सव मनाउन र विदेशसामू लम्पसरा पर्न सकिदैन
काठमाडौं । एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई जवाफ दिँदै देश, संविधान जलेका बेला उत्सव मनाउन नसकिने बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन्, ‘संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ?’
‘हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि दास जस्ता लाग्न सक्छन् । तर, ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन्,’ पोखरेलले भने ।
‘ती स्पार्टाकस जसले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन्,’ महासचिव पोखरेलले भने ।
कांग्रेसका महामन्त्री थापाले आइतबार अबैधानिक विशेष महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्ने क्रममा एमालेका नेताहरूलाई दास भनेर आलोचना गरेका थिए । थापाको अभिव्यक्तिको पोखरेलले जवाफ दिएका छन् ।
पोखरेलले भने, ‘यसरी पनि सोंच्न सकिन्छ । भू–राजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो, त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो ।’
महासचिव पोखरेलले महामन्त्री थापाको नाम उल्लेख नगरेर विदेशीका सामू लम्पसार परेको आरोप लगाएका छन् ।
‘विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो, त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो,’ पोखरेलले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया