कुलमान र सरकारद्वारा निर्माण व्यवसायीहरूको निर्मम मानमर्दन भयो : अध्यक्ष सिंह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मानमर्दन गरेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा बाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै सिंहले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहेको बताए ।
अध्यक्ष सिंहले उर्जा, जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहेको बताए । मन्त्री घिसिङको कदमले व्यवसायीहरू हतोत्साही भएको उनले बताए ।
मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको अध्यक्ष सिंहले बताए । असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा फरक पाउन नसकेको उनले बताए ।
अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारमा पनि त्यही क्रमले निरन्तरता पाएको अध्यक्ष सिंहले बताएका छन् ।
मन्त्री घिसिङले सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको महासंघका अध्यक्ष सिंहलेले आरोप लगाए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया