आईजीपी अर्यालद्वारा सशस्त्र प्रहरीको निशान भगवती श्री बगलामुखी माईको पूजा

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बगलामुखी माई मन्दिरमा दर्शन गरेका छन् ।

आईजीपी अर्यालले मंसिर २७ गते ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको मन्दिरमा पूजा गरेका हुन् ।

आईजीपी अर्यालले सशस्त्र प्रहरी बल, नेपालको निशान भगवती श्री बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा गरिएको प्रेस नोटमा उल्लेख छ ।

Published : Monday, 2025 December 15, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया