दुई जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ ।

सरुवामा दुई जिल्लाका सीडीओ फेरिएका छन् । सहसचिव विष्णुप्रसाद कोइरालालाई मन्त्रालयले डडेल्धुराको सीडीओ बनाएर सरुवा गरेको छ ।

दाङका सहायक सीडीओ यज्ञबहादुर बुढालाई अछामको सीडीओमा खटाइएको छ । डडेल्धुरामा सहायक सीडीओका रूपमा कार्यरत सावित्रा पुनलाई दाङको सहायक सीडीओ बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

Published : Wednesday, 2025 November 26, 7:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया