गृह मन्त्रालयद्वारा तीन जना डीआईजीपीहरूको सरुवा, घिमिरेलाई कोशी प्रहरीको जिम्मेवारी
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)को सरुवा गरेको छ ।
सोमबार गृह मन्त्रालय गृहमन्त्रिस्तरीय निर्णयअनुसार ३ जना डीआईजीपीहरूको सरुवा गरिएको सूचनामा उल्लेख छ । सरुवा हुने डीआईजीपीहरूमा विनोद घिमिरे, दिलिपसिंह देउवा र दीपककुमार बस्नेत रहेका छन् ।
डीआईजीपी विनोद घिमिरेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर, मोरङमा सरुवा भएको छ । डीआईजीपी दिलिपसिंह देउवालाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा भएको छ । डीआईजीपी दीपककुमार बस्नेतलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, नक्सालमा सरुवा भएको छ ।
Published : Monday, 2025 November 24, 6:10 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया