कांग्रेस संकटको अवस्थामा छ, मिलेर निर्वाचनको सामना गरौँ : सहमहामन्त्री यादव
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी संकटको अवस्थामा रहेको भन्दै आउँदै गरेको फागुन २१ गतेको निर्वाचनलाई मिलेर सामना गर्न अपील गरेका छन् ।
शुक्रबार सहमहामन्त्री यादवले सामाजिक सञ्जालमार्फत पार्टीका नेता, कार्यकर्ताहरूले एकले अर्कोलाई गालीगलौज र होच्याउने गरे टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् । उनले एकताबद्ध भएर निर्वाचनको सामना गर्नुपर्ने बताए ।
सहमहामन्त्री यादवले भने, ‘नेपाली कांग्रेसको सबै आदरणीय साथीहरू पार्टी अहिले ईतिहाँसको संकट अवस्थामा छ । कांग्रेसलाई एकढिक्का बनाएर राख्ने सबै कांग्रेसीको साझा दायित्व हो ।’
‘आउँदो निर्वाचनमा एकताबद्ध भएर सामना गर्न सबैलाई हार्दिक अनुरोध पनि गर्दछु,’ उनले भने, ‘सबै नेता र कार्यकर्ता हाम्रो साझा सम्पति हो । एउटा साथीले अर्को साथीलाई सम्मान गर्ने गरी बोलाई, लेखाई र गराईमा होस् भन्ने म सबैलाई अपील गर्दछु ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया