कांग्रेस देशको मेरुदण्ड हो, पहिला निर्वाचन, त्यसपछि महाधिवेशन : तरुण नेता घिमिरे
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य सरिन घिमिरेले नेपाली कांग्रेसको आन्तरिक विषयलाई तत्कालका लागि थाँती राखेर निर्वाचन केन्द्रित कार्यक्रम लिएर देशभरि जानुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै तरुण केन्द्रीय सदस्य घिमिरेले कांग्रेसको नियमित महाधिवेशन निर्वाचन पछाडि गर्नुपर्ने बताए । उनले कांग्रेसले राष्ट्रिय राजनीतिलाई नेतृत्व गर्नका लागि पनि निर्वाचनमा ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई वटा विषयमा विभाजित भएको देखिन्छ । विशेष अधिवेशन र नियमित अधिवेशन । आम जनभावनाको बुझाइ के छभने अहिलेको आवश्यक्ता भनेको निर्वाचन हो ।’
‘नेपाल सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ । हामी सबैको दायित्व निर्वाचन सम्पन्न गरेर नयाँ म्याण्डेटका साथ नयाँ सरकार, सुशासनको पक्षमा हामी छौँ भन्ने सन्देश दिन नेपाली कांग्रेसले जरुरी छ,’ तरुण नेता घिमिरेले भने ।
‘चुनावको तयारीमा लागौँ । चुनाव सम्पन्न गरौँ । देशभरिका कार्यकर्ताहरूको मनोबल बढाउने काम गरौँ । जनतामा नयाँ सोँच लिएर जाऔँ,’ उनले भने, ‘कांग्रेस नै देशको मेरुदण्ड हो । पार्टीको कुरा थाँती राखेर देशलाई निकास दिन सबैजना चुनावमा होमिनुपर्छ ।’
महामन्त्री गगन थापाले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मौकाको फाइदा उठाउन कांग्रेसको विशेष महाधिवेशनको माग गरेर हस्ताक्षर अभियान चलाएका बेला तरुण नेता घिमिरेले पार्टीको आन्तरिक राजनीतिभन्दा महत्वपूर्ण विषय देश र राष्ट्रिय राजनीति भएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया