एमालेका कार्यकर्ता र जेनजी बताउनेबीच झडप भएपछि सिमरा विमानस्थल बन्द
काठमाडौं । बाराको सिमरा विमानस्थलमा एमाले नेतालाई स्वागत गर्न भेला भएका कार्यकर्ता र कथित जेनजी समूहबीच झडप भएको छ ।
बुधबार झडप भएपछि सिमरा विमानस्थल बन्द गरिएको छ । सिमरा विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार, बुद्ध एयरको उडान नम्बर ५५३ बाट ११ बजे एमाले नेता शंकर पोखरेल र महेश बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो ।
दुई नेतालाई स्वागत गर्न विमानस्थलको मूल प्रवेशद्वारको गेटमा रहेका क्यान्टिन आसपासमा भेला भएका एमाले कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि सिमरा विमानस्थल बन्द गर्ने त्यहाँको नागरिक उड्डयन कार्यालयले गरेको अधिकारीले बताए ।
सिमरामा बुद्ध एयरले दैनिक दुईतर्फी १० वटा उडान गर्छ । त्यहाँबाट दैनिक ७ सय हाराहारी यात्रु काठमाडौं, वीरगञ्ज, सिमरा ओहोरदोहोर गर्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया