राहदानी बनाइदिने भनी बिचौलियाको काम गर्ने आठ जना पक्राउ

काठमाडौं । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौंको शंखरापुर नगरपालिका–६ बस्ने ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका–३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेमबहादुर लामा, काठमाडौं महानगरपालिका–२८ बस्ने १८ वर्षीय किशोर रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका–२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेकबहादुर सुनार, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौंको नागार्जुन नगरपालिका–६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जीवन लामा रहेको प्रहरीले जनाएको छ ।

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौंको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2025 November 19, 12:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया