मनाङ कांग्रेसको कार्यालयमा वीपीको शालिक राखिने, सिमानामा भव्य स्वागत

चामे । नेपाली कांग्रेसका नेता एवम् जननायक विश्वेश्वरप्रसाद कोइरालाको शालिकलाई पार्टीका नेता, कार्यकर्ताहरूले भब्यताका साथ मनाङमा ल्याएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वश्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको नेतृत्वमो वीपी कोइरालाको शालिकलाई सोमबार मनाङ ल्याइएको हो । वीपी कोइरालाको अर्धकदको शालिक काठमाडौंमा निमार्ण गरिएको हो । वीपीको शालिकलाई लमजुङ र मनाङको सिमानाबाट चामेसम्म मोटरसाइकल र्‍यालीसहित प्रवेश गराइएको छ ।

काठमाडौंबाट मनाङ ल्याउने क्रममा लमजुङ र मनाङ जिल्लाको सिमाना, म्यार्दी पुलमा नेपाली कांग्रेस मनाङ जिल्ला कार्यसमितिका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूले माला र खदा ओडाएर स्वागत गरिएको छ ।

भब्यताका साथ मनाङ जिल्ला प्रवेश गराइएको शालिक नासोँ गाउँपालिकाको ताल, धारापानी हुँदै चामेमा रहेको नेपाली कांग्रेस, मनाङको नवनिर्मित भवनमा भब्य कार्यक्रम सहित प्रतिस्थापन गरिनेछ ।

स्वागत गेटमा मनाङ प्रदेश सभा क्षेत्र नं. १ का गण्डकी प्रदेशका सांसद मुनिन्द्रजंग गुरूङ, नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङ, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरूङ, नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरूङ, नेपाली कांग्रेस नासों गाउँपालिकाका सभापति हुपजंग गुरूङ लगायत वीपी कोइरालाको अर्धकदको शालिक ल्याएर आएका केन्द्रीय सदस्य टेकबहादुर गुरुङसहितलाई स्वागत गरेका छन् ।

मनाङ जिल्लामा विभिन्न राजनीतिक दलहरू भएपनि नेपाली कांग्रेस, मनाङको मात्रै आफ्‌नै भवनमा पाटी कार्यलय रहेको छ । यसबाट पनि मनाङ जिल्लामा नेपाली कांग्रेस सशक्त र बलियो पार्टीको रुपमा रहेको स्पष्ट हुन्छ ।

Published : Tuesday, 2025 November 18, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया