पहिलाे नम्बरमा हुँदाहुँदै अन्याय गरिएका अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं । गृह मन्त्रालय बढुवा सिफारिस समितिले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजीपी) पद बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीको नाम सिफारिस गरेको छ ।

साेमबार समितिले अधिकारीलाई डीआईजीपी बढुवामा सिफारिस गरेकाे हाे । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले बागमती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौंडा मकवानपुरमा कार्यरत अधिकारीलाई सिफारिस गरेको जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै डीआईजी पद रिक्त थियो । पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई अघिल्लो पटक डीआईजीपी बढुवामा छुटाइएकाे थियाे । आईजीपीमा दानबहादुर कार्की आउनेबित्तिकै अधिकारीलाई न्याय भएको छ । अधिकारीकाे बढुवाले कमजोर मनाेवलमा रहेको प्रहरीमा उत्साह थपिएकाे छ ।

Published : Monday, 2025 November 17, 2:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया