होटल मल्ल अगाडि गाडीभित्र प्रधानमन्त्रीको फाइनल, प्रसाईंले दलालहरूलाई नङ्ग्याउने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र हिंसाका बारेमा ठूलो खुलासा गर्ने धम्की दिएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रसाईंले जेनजी आन्दोलनको विषयमा आफूलाई धेरै जानकारी र तथ्यहरू आएको बताएका छन् । उनले भदौ २३ र २४ गतेको घटनाको विषयमा पत्रकार सम्मेलन गरेर तथ्यहरू सार्वजनिक गर्ने बताएका छन् ।

प्रसाईंले लेखेका छन्, ‘सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो ? ७५ जनाको ज्यान कसरी गयो ? मल्ल होटल अगाडि गाडीभित्र बसेर क–कसको कुरा भएर प्रधानमन्त्री चुनियो ? बानेश्वरको कुन घरको छतमा बसेर जेनजी आन्दोलनको अप्रेशन गरिएको थियो ? उनीहरू कै स्वरमा स–प्रमाण यसको चिरफार सहितको विशेष भिडियो भोलि मिति २०८२ साल मंसिर १ गते दिनको ठीक १३ः०० बजे निजी निवास पुरानो ठिमी भक्तपुरमा १५० ईञ्चको एलईडीमा सार्वजनिक गरिने कार्यक्रमको आयोजना गरिएको हुँदा सबै पत्रकार साथीहरूलाई उपस्थितिका लागि सादर अनुरोध छ ।’

जेनजी आन्दोलन र भदौ २३ र २४ गतेको प्रदर्शनका विषयमा रहस्यात्मक कुराहरू बाहिर आइरहेका बेला मेडिकल व्यवसायी प्रसाईंले भित्री कुराहरू बाहिर ल्याउन लागेका छन् ।

जेनजी आन्दोलनका विषयमा प्रसाईंले तथ्यहरूसहित धेरै लुसिफरहरूलाई नङग्याउने योजना बनाएका छन् । पश्चिमा राष्ट्रका दलालहरूले नेपाललाई भूराजनीतिको मैदान बनाएको आरोप लागेका बेला प्रसाईंले प्रमाणहरू सार्वजनिक गर्न लागेको जनाएका छन् ।

Published : Sunday, 2025 November 16, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया