पूर्वगृहमन्त्री थापाको पश्चिमा राष्ट्रहरूबारे गोप्य खुलासा, नेपालबाट चीन र भारत टुक्र्याउने योजना
भरतपुर । पूर्वगृहमन्त्री समेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाले पश्चिमा राष्ट्रहरूले चीन र भारतलाई टुक्राउने योजनाअन्तर्गत नेपालमा खेलेको टिप्पणी गरेका छन् ।
शनिबार चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै थापाले नेपालको जलस्रोत, युरेनियमलगायतका खनिजमा कब्जा जमाउने, चीन र भारतको बजारमा विस्तार गर्ने पश्चिमा शक्तिको चाहना रहेको बताए ।
पूर्वगृहमन्त्री थापाले भने, ‘उनीहरू चीनबाट तिब्बतलाई छुट्टाउन चाहन्छन् । मंगोलियालाई अलग गर्न चाहन्छन् । भारतमा ३० राज्यलाई अलग गर्न चाहन्छन् । नेपालको सरकार गिराउनुको कारण पनि यसैसँग सम्बन्धित छ ।’
‘नेपालमा अब सिक्किमको जस्तो संसद बनाएर आफ्नो लक्ष्य पूरा गर्न खोज्दैछन्,’ पूर्वगृहमन्त्री थापाले भनेका छन् ।
स्थापित राजनीतिक दलहरूलाई सिध्याएर देशमा आफ्ना दलाललाई स्थापित गर्ने रणनीति अनुसार पश्चिमा साम्राज्यवादीले हनी ट्रयाप थापेको पूर्व गृहमन्त्री थापाले बताएका छन् ।
उनले भने, ‘त्यसैले स्थापित दलहरूले आत्मसमर्पण गरे भने फागुनमा चुनाव हुनसक्छ । सैन्य अड्डा बनाउन दिने भनेर, पश्चिमा शक्तिको हितमा काम गर्छौं भनेर आत्मसमर्पण गरे भने चुनावमा उनीहरूलाई पनि जिताइदिन्छन् । नत्र संभावना छैन ।’
‘सुशीला कार्कीलाई दलहरूलाई सिध्याउने जिम्मेवारी दिइएको छ,’ पूर्व गृहमन्त्री थापाले भने, ‘उन (सुशीला कार्की)ले सकिनन् भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन्छन् ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया