ललितपुरका नगरप्रमुख चिरीबाबुद्वारा क्षति भएको उपत्यका ट्राफिक कार्यालयको अवलोकन

काठमाडौं । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको अवलोकन भ्रमण गरेका छन् ।

शुक्रबार नगरप्रमुख महर्जनले जेनजी प्रदर्शनमा जलाएर क्षति भएको उपत्यका ट्राफिक कार्यालयको भवन र त्यसपछि सीमित साधन, स्रोतबाट ट्राफिक व्यवस्थापनमा भइरहेको प्रयासका बारेमा जानकारी लिएका हुन् ।

नगरप्रमुख महर्जनले ठूलो क्षति हुँदा समेत उपत्यकाको ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीबाट भइरहेको कार्यको प्रशंसा गरेका छन् ।

नगरप्रमुख महर्जनलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले स्वागत गरेका थिए ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र साह ‘बालेन’ले उपत्यका ट्राफिक कार्यालयको समस्या र क्षति भएपछिको अवस्थाबारे अहिलेसम्म जानकारी लिन गएका छैनन् । तर, ललितपुर महानगरपालिकाका नगरप्रमुख महर्जनले ट्राफिक प्रहरीको समस्या बुझ्न पुगेका छन् ।

Published : Friday, 2025 November 14, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया