आईजीपी कार्कीको पहिलो निर्णय, कार्यालय सहयोगीदेखि सईसम्मलाई २ लाख सहुलियत कर्जा दिने निर्णय

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यभार सम्हालेपछि बसेको नीति निर्माण समितिको बैठकबाट आईजीपी कार्कीले ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरेका हुन् ।

नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत)मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्नेगरी ५ प्रतिशत ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपियाँसम्म उपलब्ध गराउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोडसम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।

Published : Thursday, 2025 November 13, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया