नवनियुक्त आईजीपी कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले प्रहरीमहानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

दर्ज्यानी चिन्ह प्राप्त गरेपछि आईजीपी कार्कीले नेपाल सरकारसहित सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले प्रहरीलाई आधुनिकीकरणको लागि प्रयास गर्नुपर्ने बताए । कार्कीले प्रहरी कर्मचारीहरूको उच्च मनोवल कायम गरि प्रभावकारी सेवा प्रदान गर्नु आफूहरूको दायित्व रहेको बताएका छन् ।

Published : Thursday, 2025 November 13, 11:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया