भारतद्वारा नेपाललाई दियो एसियन डिजाष्टरको नेतृत्व प्रदान

काठमाडौं । भारतले नेपाललाई एसियन डिजाष्टर प्रिपेयर्डनेस सेन्टरको नेतृत्व हस्तान्तरण गरेको छ ।

बुधबार थाइल्याण्डको बैंककमा सम्पन्न एडिपिसिको बोर्ड अफ ट्रष्टिजको बैठकमा भारतको राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख राजेन्द्र सिंहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टलाई नेतृत्व हस्तान्तरण गरेका छन् ।

यसअघि भारत सरकारको तर्फबाट राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणका प्रमुख सिंह अध्यक्ष थिए । बैठकमा नेपालसहित भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स र श्रीलंकाका सदस्यहरू सहभागी थिए ।

सन् २०२५–२०२६ का लागि एडिपिसिको अध्यक्षको जिम्मेवारी ग्रहणपछि मन्तव्य राख्दै ई. भट्टले अध्यक्षका रुपमा आफूले एडिपिसिको शासकीय प्रबन्ध, नेतृत्व र संस्थागत विकासको सबलीकरणमा बोर्ड सदस्यहरूको थप क्रियाशीलताको अपेक्षा गरेको बताए ।

Published : Wednesday, 2025 November 12, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया