जेनजी आन्दोलन देशप्रति माया गर्नेहरूले गरेका हुन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको संविधानलाई राम्रो भन्न नसकिने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल कानून समाजले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले भने, ‘संविधान राम्रो भएको भए जनतामा सन्तुष्टिको मात्रा बढ्ने थियो । जनतामा संविधानप्रति असन्तुष्टि छ ।’
उनले संविधानले राम्रो नतिजा नदिएकै कारण जेनजी पुस्ताले आन्दोलन गर्नुपरेको बताएका छन् । श्रेष्ठले आम जनताले संविधानको लाभहरू भोग्न नपाएको बताए ।
‘नतिजा आउँदै नआउने संविधान कसरी राम्रो हुन सक्छ ? राजनीति विशिष्ट खालको र सुशासन निकम्मा खालको कसरी हुन सक्छ ?’ उनले भने ।
‘यदि संविधान राम्रो हो भने यसको नतिजा त आउँथ्यो त । जनताको सन्तुष्टिको मात्रा त बढ्थ्यो त,’ श्रेष्ठले भने, ‘यस्तो आन्दोलन गर्नुपर्ने अवस्था आउँदैनथ्यो त । नतिजाहरू आएनन् । मान्छेहरू यसको लाभहरू भोग्न चाहन्छन् । पाएनन् भने पाएनन् भन्न पाउनुपर्छ । यसरी भन्नुपर्ने अवस्थामा आयो यो ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले जेनजी आन्दोलन देशप्रति माया गर्नेहरूले गरेको बताए । त्यसको सम्मान गरेर अघि बढ्नुपर्ने उनले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया