राजनीतिक दलहरू मुख्य पक्ष हुन्, चुनावको वातावरण बनाउनुपर्छ : कानूनमन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको मुख्य पक्ष राजनीतिक दल भएकाले चुनावको वातावरण बनाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल कानून समाजले आयोजना गरेको ‘आगामी प्रतिनिधिसभाको निर्वाचन ः चुनौती र अवसर’ विषयक अन्तक्र्रियामा मन्त्री सिन्हाले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने बताए ।

उनले भने, ‘जसका लागि चुनाव आवश्यक छ, उनीहरूले पनि वातावरण बनाउन भूमिका खेल्नुपर्छ, निर्वाचन गराउने सन्दर्भमा सबैले राम्रो नियत राखौँ, निकास दिऔँ ।’

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उनले बताएका छन् । राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान संकटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको सिन्हाले बताएका छन् ।

कानूनमन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउनेसम्बन्धी प्रक्रिया र तयारीको अवस्था शून्य रहेको त्यसको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

Published : Tuesday, 2025 November 11, 8:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया