कांग्रेस बचाउन संस्थापन पक्षका नेताहरूको भेला, विशेष हाइन, बरु चुनाव अगाडि नियमित महाधिवशन गरौँ
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले नियमित महाधिवेशनका लागि नेतृत्वसँग आग्रह गरेका छन् ।
आइतबार काठमाडौंको कालीमाटीमा भेला भएका संस्थापन समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरूले नियमित महाधिवेश गर्न सुझाव दिएका हुन् । उनीहरूले प्रतिनिधि सभाको मध्यावधि निर्वाचनभन्दा अगाडि नै नियमित १५औँ महाधिवेशन गर्न आग्रह गरेका छन् । विशेष महाधिवेशन आवश्यक नरहेको उनीहरूले बताएका छन् । निर्वाचनभन्दा अगाडि नियमित महाधिवेशन गर्ने हो भने विशेष महाधिवेशनको आवश्यक्ता नरहेको बताएका छन् ।
नियमित महाधिवेशनको निष्कर्षसहितको भेलाको सुझावलाई नेताहरूले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउनेछन् । कांग्रेसभित्रको विवादलाई मत्थर बनाउन र मध्यमार्गी निकासका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरूले निर्वाचन अगाडि नियमित महाधिवेशनको सुझाव दिएका छन् । यो प्रस्तावले कांग्रेसलाई एकजुट बनाएर लैजाने संस्थापन पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बुझाइ छ । भेलाको आयोजना केन्द्रीय सदस्य राजन के.सी.ले आयोजना गरेका हुन् ।
भेलामा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, डा.डिला संग्रौला, देवेन्द्रराज कँडेल, अमृत अर्याल, बहादुरसिंह लामा, दिलमान पाख्रिन, अब्दुल सतार, तारामान गुरुङ, मोहन आचार्य, विनोद चौधरी, धना खतिवडा, कर्णबहादुर बुढा, अर्जुनप्रसाद जोशी, मैकुलाल वाल्मीकि, भरतकुमार शाह, अब्दुल रज्जाक, आङ्गेलु शेर्पा, मदन अमात्य, माया राई, जिपछिरिङ लामा, मदनकृष्ण श्रेष्ठ, प्रदीप सुनुवार लगायतको सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया