भक्तपुर कांग्रेसकी नेतृ एवम् पूर्वमन्त्री रजनी जोन्छेको निधन

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ एवम् बागमती प्रदेशकी पूर्वमन्त्री रजनी जोन्छेको निधन भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा रजनीको मंगलबार बिहान निधन भएको भक्तपुर कांग्रेसका नेताहरूले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । रजनी अस्पतालमा उपचाररत थिइन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेकी रजनी शहीद राधेश्याम जोन्छेकी धर्मपत्नी हुन् ।

यसैबीच, नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले रजनी जोन्छेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रजनीको पार्थिव शरीरमा डा.महतले श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

श्रद्धाञ्जलिका लागि भक्तपुरस्थित राधेश्याम प्रतिष्ठानमा रजनीको पार्थिव शरीर राखिएको थियो । श्रद्धाञ्जलि दिन कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

रजनी जोन्छेका पति राधेश्याम जोन्छेलाई २०५९ साल भदौ १५ गते तत्कालीन नेकपा (माओवादी)का कार्यकर्ताले गोली प्रहार गरेर हत्या गरेका थिए । माओवादीको गोली प्रहारबाट गम्भीर घाइते भएका राधेश्याम जोन्छेको २०६९ सालमा निधन भएको थियो ।

नेपाल विद्यार्थी संघको राजनीतिदेखि नै सभापति शेरबहादुर देउवालाई साथ दिदैं आएका राधेश्याम जोन्छे पार्टी विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक) भक्तपुरको सभापति थिए ।

Published : Tuesday, 2025 November 4, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया