कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडालाई पितृ शोक परेको छ ।

आइतबार राति ७ बजेर ४० मिनटमा कांग्रेस नेता खतिवडाका बुवा जीवनाथ खतिवडाको निधन भएको छ । परिवारजनका अनुसार ७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौंमा निधन भएको हो ।

स्वाश्वा प्रश्वास सम्बन्धी उपचार गराउँद आएका जीवनाथ खतिवडाको उपचारका क्रममा निधन भएको आफन्तले जनाएका छन् । भोलि सोमबार पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने तयारी रहेको छ ।

स्व.जीवननाथ खतिवडाका पत्नी, छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।

Published : Sunday, 2025 November 2, 9:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया