बालेन भनेको बुख्याँचा हो, २३ र २४ को घटना गराउन ७१ हजार फेक सोसल मिडिया प्रयोग : दुर्गा प्रसाईं
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ बुख्याँचा मात्रै भएको बताएका छन् ।
युट्युबसँगको अन्तर्वार्तामा संयोजक प्रसाईंले भने, ‘बालेन भनेको बुख्याँचा हो, बुख्याँचा । बालेनले एक दिन, म मरिन भने, एकदिन मेरो घरमा आएको तपाईहरूले थाहा पाउनु हुन्छ । आउनु पर्छ ।’
‘यदि माता पाथीभरा, माता दुर्गा, भगवान पशुपतिनाथको यो देश रहेछ भने, यिनीहरूले म समक्ष समर्पण गर्न आउनुपर्छ । मलाई सोसल मिडियामा जति गाली गर्नुपर्छ गर,’ प्रसाईंले भने ।
प्रसाईंले भने, ‘भदौ २३ र २४ गतेको जुन घटना भयो दुई दिनको त्यो घटनामा ७१ हजार सोसल मिडिया फेक मिडिया रहेको रिपोर्ट आएको छ । यसको सबैभन्दा खतरनाक डिजाइनर भनेको कुमार बेन, भिक्टर पौडेल लगायतका मान्छे रहेका छन् ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया