चितवन, तनहुँ, इलामका जनताले हाम्रा तेजस्वी महामन्त्रीहरूको अनुहार मन नपराएकै हुन् : तरुण नेता भुर्तेल

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व कब्जा गर्न विभिन्न गतिविधि गरिरहेका बेला नेपाल तरुण दलका केन्द्रीय सदस्य विष्णु भुर्तेलले उपनिर्वाचनका दुई कमाण्डरहरूबारे गम्भीर प्रश्न उठाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत तरुण दलका केन्द्रीय सदस्य भुर्तेलले महामन्त्रीद्वय थापा र शर्माको हैसियतलाई स्मरण गराएका छन् । भुर्तेलले थापा र शर्मालाई मतदाताहरू र कांग्रेसका कार्यकर्ताहरूले रुचाउन छाडेको संकेत गरेका छन् । आफूहरूलाई लोकप्रिय दाबी गर्ने थापा र शर्मा कमाण्डर बनेर उपनिर्वाचनमा जाँदा समेत मतदाताहरूले नरुचाएका कारण कांग्रेसका उम्मेदवारहरू पराजित हुनु परेको केन्द्रीय सदस्य भुर्तेलले उल्लेख गरेका छन् ।

तरुण केन्द्रीय सदस्य भुर्तेलले लेखेका छन्, ‘यथार्थ कुरा अलिक चाम्रै हुन्छ । धेरै कुरा त पत्याइन्न तर, प्रकाशशरणदाइको एउटा कुरा चै सत्य हो, उपचुनावको कमाण्डर महामन्त्री दाईहरू नै हुनुहुन्थ्यो । चितवन, तनहुँ, इलामका जनताले हाम्रा तेजस्वी महामन्त्रीहरूको अनुहारलाई मन नपराएकै हुन् ।’

‘वहाँहरूको चुनावी रणनीति पनि असफल भएकै हो । वहाँहरू जिम्मेवारीमा आएपछि मन्त्रमुग्ध भाषण मात्र सफल भयो, काम चै त्यति सफल भएजस्तो लाग्दैन,’ तरुण नेता भुर्तेलले भनेका छन् ।

चितवन, तनहुँ र इलाम जिल्लामा उपनिर्वाचन भएका थिए । तीन वटा जिल्लामा भएका उपनिर्वाचनहरूमा महामन्त्रीद्वय थापा र शर्मा कमाण्डर थिए । थापा र शर्माले कांग्रेसमा हामी सबैभन्दा धेरै लोकप्रिय, मतदाताहरू तथा कार्यकर्ताहरूले निकै रुचाएको दाबी गर्दै आएका छन् । उनीहरू कमाण्डर भएको उपनिर्वाचनमा कांग्रेसले पानी पनि पिउन नपाएर पराजय भोग्नु परेको थियो । थापा र शर्माले मौसमी कुरा गर्दै आएका छन् । उनीहरूको मौसमी कुरा गाउँका मतदाताहरूले राम्रोसँग बुझेका छन् ।

शीर्ष नेताहरूलाई फेसबुकबाट गालीगलौज गरेर चर्चित बनेका महामन्त्रीद्वय थापा र शर्माका चर्तिकलाहरू क्रमशः उजागर हुन लागेका छन् । कांग्रेसलाई क्षति पु¥याउनुमा यी दुई महामन्त्री थापा र शर्माको प्रमुख भूमिका रहेको आरोप छन् । कांग्रेसको क्रियाशील सदस्यताको विवाद मिलाउने जिम्मेवारी पाएका थापाले अहिलेसम्म काम गर्न सकेका छैनन् । दोषको भागिदार बन्ने भएपछि विशेष महाधिवेशनको कुरा उठाएका छन् । पुरानै क्रियाशील सदस्यताबाट १५औँ महाधिवेशन गरेर नयाँ नेतृत्व भनिरहेका छन् ।

Published : Friday, 2025 October 31, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया