भालुबाङ प्रहरीद्वारा ट्याक्टर, सालको काठसहित दुई जना पक्राउ
मसुरिया । इलाका प्रहरी कार्यालय, भालुबाङ, दाङले अबैध सालको काठसहित ट्याकटरलाई नियन्त्रणमा लिएको छ ।
कार्तिक ३ गते बिहान अन्दाजी ८ बजे राप्ती गाउँपालिका वडा नं. १ पुलचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा प्रहरी चेकिङका क्रममा रा १ त २१२१ नम्बर ट्याकटरलाई सालको काठसहित नियन्त्रणमा लिइएको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कालाकाटेदेखि पाखापानीतर्फ जाँदै गरेको गढवा गाउँपालिका वडा नं. १ कालाकाटे बस्ने वर्ष ३९ का विकाश घर्ती मगरले चलाएको ट्याक्टर रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याइएको सालको चिरान काठ थान– १४ (३८.८७ क्युफिट) अन्दाजी मूल्य ४८ हजार ५ सय ८७ रुपियाँ बराबरको काठ खरिद गरी ल्याउन लागेको बेला बरामद भएको थियो ।
राप्ती गाउँपालिका वडा नं. १ पाखापानी बस्ने वर्ष ४३ का डिल्लीराज गिरी र चालक मगरलाई पक्राउ गरि उक्त ट्याक्टर र काठ सहित दुवै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन कार्यालय, लमही, दाङ पठाइएको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया