प्रहरी प्रभाग बुङ्गमतीको भवन पुनःनिर्माण, एआईजी कार्कीद्वारा हस्तान्तरण
काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुङ्गमती (भैँसेपाटी)को भवन पुनःनिर्माण गरी हस्तान्तरण गरिएको छ ।
मंगलबार स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनःनिर्माण समितिले निर्माण सम्पन्न गरी प्रहरीलाई भवनका संरचना हस्तान्तरण गरेको हो ।
पुनःनिर्माण समिति संयोजक महतका अनुसार भदौ २६ गते गठन भएको ११ सदस्य रहेको पुनःनिर्माण समितिले २०० स्थानीय, व्यवसायी, संघसंस्था र समाजसेवीबाट स्वस्फूर्तरूपमा उपलब्ध ४९ लाख ५४ हजार ६८ को सहयोगबाट पुनःनिर्माण सम्पन्न गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले राम्रा र असल मानिसको मौनताले खराब मानिसले प्रसय पाउने बताए । उनले शान्ति सुरक्षाका लागि राष्ट्रको प्रतिनिधिका रूपमा काम गर्न प्रभागको भवन पुनःनिर्माण गरी सहयोग पु¥याउने स्थानीयको प्रयासको प्रशंसा गरेका छन् ।
एआईजी कार्कीले भने, ‘अप्ठ्यारो परिस्थितिमा काम गर्ने शक्ति नेपाल प्रहरी हो, आन्दोलनमा धेरै क्षति भएको थियो र छ, देशमा धेरै रगत बगिसकेको छ, अब रगतभन्दा पनि मेहनतको पसिना बगाउनुपर्ने समय हो, यस तर्क हामी सबै मिलेर सहकार्यमा काम गर्नु आवश्यक छ ।’
सार्वजनिक सम्पत्तिको क्षति साह्रै दुःखद् भएको उल्लेख गर्दै एआईजी कार्कीले क्षति पु¥याउनेलाई कानूनी दायरामा ल्याउन कुनै कमी हुन नहुने बताएका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले दुःखद् घटनाबाट विस्थापित भएको प्रहरी प्रभावलाई पुनःस्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै शान्तिपूर्ण सभ्य समाज निर्माणका लागि अमूल्य पूण्यको काम गरेको बताए ।
आन्दोलनमा पुल्चोक र हरिसिद्धिबाट केही थान हतियारसमेत लुटिएको र सोही हतियार अझैसम्म पनि बरामद हुन नसकेको अवस्था रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशी जानकारी गराएका छन् । आन्दोलनका क्रममा ललितपुर जिल्लाभित्रका २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
भदौ २४ गतेको आन्दोलनबाट प्रभागमा कार्यरत रहेका प्रहरीका लत्ताकपडा लुटिएकाले नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले प्रहरीलाई ५४ सेट ट्रयाकसुट लगायतका सामग्री हस्तान्तरण गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक शशिधर शर्माले जानकारी दिएका छन् ।
ललितपुर महानगरपालिका–१८ का अध्यक्ष दामोदर खड्का, वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जन, २२ का अध्यक्ष सागर तुलाधर, वडा नं २५ का अध्यक्ष दौलतकुमार खत्री र प्रगति युवा क्लवका साथै स्थानीय विशिष्ठ व्यक्तित्वको सहयोग, समन्वय तथा सहकार्यले छिटोछरितो रूपमा पुनःनिर्माणको कार्यसम्पादन हुन सकेको प्रहरी निरीक्षक शर्माले जानकारी गराए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया