पाँच एसएसपीलाई डीआईजी बढुवामा सिफारिस, वरिष्ठ हुँदाहुँदै चौधरी र अधिकारी छुटे
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरेको छ।
आइतबार बसेको गृह मन्त्रालय बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको सूचनामा उल्लेख छ ।
डीआईजीका लागि एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका छन् । उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
उनीहरूभन्दा वरियतामा अगाडि रहेका दुई एसएसपीहरूलाई भने सुशीला कार्की सरकारले छुटाएको छ । एसएसपीहरू शारदाप्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ । एसएसपीद्वय चौधरी र अधिकारी अगाडि थिए ।
एसएसपी अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख थिए । सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट गृह मन्त्रालयले हटाएको थियो । अधिकारीलाई सरकारले जेनजी प्रदर्शनमा दमन गरेकाे अभियाेगमा बढुवामन छुटाएकाे टिकाटिप्पणी छ ।
चौधरी र अधिकारी बाहेक एसएसपीहरूको वरियता अनुसार नै बढुवा गरिएको छ । सरकारले वरीयतालाई मिचेकाे छैन ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया