जेनजीकाे नाममा १५ वर्षमुनिका बालबालिकाकाे प्रयोग, केही प्रदर्शनकारी गिरफ्तार

काठमाडौं । जेनजी युनाइटेडकाे नामबाट एउटा समूहले १५ वर्षमुनिका बालबालिकालाई विद्यालयकाे पाेशाकसहित सडक प्रदर्शनमा उतारेको छ ।

शनिबार काठमाडौंकाे माइतीघरमा जेनजीकाे नाममा प्रदर्शन भएको हाे । स्थानीय प्रशासनसँग पूर्वअनुमति नलिएर गरिएको प्रहरीले हस्तक्षेप गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रदर्शनको नाममा १५ वर्षमुनिका बालबालिकाहरूलाई सडकमा उतारेको पाइएको हाे । बिहीबारदेखि माइतीघरमा सुरु भएको प्रदर्शनमा १५ वर्षमुनिका बालबालिकाको बाक्लो उपस्थिति गराइएको छ ।

जेनजीकाे नाममा शनिबार भएको प्रदर्शनमा सहभागी करीव ५० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । जेनजीकाे नाममा विभित्र समूहले स्वार्थ पूरा गर्न धमिलो पानीमा माछा मार्न खाेजेकाे छ ।

Published : Saturday, 2025 October 25, 2:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया