तरुण दलकाे ७३औं स्थापना दिवस मनाउन मातहतलाई परिपत्र, अध्यक्ष गुरुङद्वारा विशेष निर्देशन
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दलकाे ७३ औं स्थापना दिवस मनाउनका लागि मातहतलाई परिपत्र जारी गर्दै निर्देशन दिएका छन् ।
तरुण दलले २०८२ कार्तिक १० गते आफ्नो ७३औ स्थापना दिवस मनाउन लागेकाे छ । साेमबार तरुण दलका अध्यक्ष गुरुङले उपत्यकाका तीन जिल्ला बाहेक बाँकी सबै जिल्लाले जिल्लामै तरुण दलको ७३औ स्थापना दिवसमा शुभकामना आदान प्रदान एवं चियापान कार्यक्रम गरि मनाउन परिपत्र गरेका छन् ।
उपत्यकाको तीन जिल्ला कार्यसमितिले तरुण दल केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय कार्यालय, सानेपामा गर्ने कार्यक्रममा सहभागी हुन तरुणहरूलाई अध्यक्ष गुरुङले आग्रह गरेका छन् ।
तरुण दलले केन्द्र र जिल्लाभरि फरक शैलीमा आफ्नो स्थापना दिवस मनाउँदैछ । कार्यक्रमलाई केन्द्रीय अध्यक्ष अध्यक्षले स्वागत सम्बोधन गर्ने र प्रमुख अतिथिले सम्बोधन तथा धन्यवाद कार्यकम गरि उपस्थित सबै जनालाई चियापानमा सरिक हुन भनिएकाे छ । जिल्ला कार्यसमिति सोही बमोजिम गर्नु भनेर परिपत्र गरिएको छ । कार्यक्रममा फूल मालाले स्वागत एवं लामो तरिकाको भाषण नहुने अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा पार्टी कार्यबाहक सभापति पूर्णबहादुर खड्का, पदाधिकारी एवं केन्द्रीय सदस्यहरू लगायत संघीय सांसद एवं राष्ट्रिय सभा सदस्य, गाउँ /नगरपालिका प्रमुख, उपप्रमुख, निर्वाचित जनप्रतिनिधि, तरुण दलका केन्द्रीय सदस्यहरूको उपस्थिति रहने दलको मुख्य सचिव ठानप्रसाद पोखरेलले जानकारी दिए ।
उपत्यकाका जिल्लाको तीन वटै पार्टीका जिल्ला सभापति एवं कार्यसमिति, महानगर सभापति एवं कार्यसमिति, क्षेत्रीय सभापति एवं कार्यसमिति, गाउँ/नगर सभापति एवं कार्यसमिति, वडा सभापति एवं कार्यसमितिलाई दलको स्थापना दिवसमा निमन्त्रणा गरिने मुख्य सचिव पोखरेलले बताएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटै जिल्लाको तरुण दल जिल्ला कार्यसमिति मार्फत महानगर, क्षेत्र, गाउँ/नगर, वडा तहसम्मको तरुण कार्यसमितिलाई कार्यक्रममा उपस्थिति गराइनेछ ।
अन्य राजनितिक दलको भ्रातृ संगठनका प्रमुखहरूलाई केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा निमन्त्रणा गरिने र जिल्लाले पनि साेही अनुसार गर्ने छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया