एयर चाइनाको जहाजभित्र लिथियम ब्याट्रीबाट आगलागी
लण्डन । एयर चाइनाद्वारा सञ्चालित यात्रुवाहक जहाजमा लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको छ ।
शनिबार जहाजमा लिथियम ब्याट्रीबाट आगलागी भएको थियो । चीनको हाङझाउबाट दक्षिण कोरियाको सियोल नजिकैको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको एयर चाइनाको दैनिक उडानमा आगलागीको घटना भएको एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सले चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार उडानमा ओभरहेड बिनमा राखिएको यात्रुको बोक्ने सामानमा लिथियम ब्याट्री स्वतःस्फूर्त रूपमा प्रज्वलित भएको जनाएको छ ।
चालक दलले तुरुन्तै निर्धारित प्रक्रिया अनुसार परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । घटनामा कोही पनि घाइते नभएको विज्ञप्तिमा उल्लेख छ ।
उडान सुरक्षा सुनिश्चित गर्नु विमानलाई सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको लागि डाइभर्ट गरिएको थियो । उडान स्थानीय समय अनुसार बिहान ०९ः४७ बजे हाङजाउबाट उडेको थियो । समुद्रमाथि पूर्ण रूपमा घुमेर बिहान ११ बजेपछि सांघाईमा अवतरण गरेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया