टेलिग्राममा ‘बी एण्ड आर सपोर्ट सेन्टर’ ग्रुप बनाएर लाखौंको ठगी धन्दा, पीडितद्वारा प्रहरीमा उजुरी
काठमाडौं । सामाजिक सञ्जाल टेलिग्राममा वर्षा बुढाथोकी एडमिन रहेको ‘बी एण्ड आर सपोर्ट सेन्टर’ ग्रुप बनाएर केही व्यक्तिहरू ठगी धन्दा चलाएका छन् ।
टेलिग्रामको यो ग्रुपमा ४१÷४२ जना सदस्य छन् । ग्रुपका केही सदस्यहरू आफै ठगिएका छन् । ठगिएका मध्येका एक पीडितले प्रहरीमा उजुरी दिएका छन् । ग्रुपमा विभिन्न स्क्याम गरेर ठगी धन्दा चलाएको पीडितको भनाइ छ । सामाजिक सञ्जालबाट प्रलोभन देखाएर ठगीको धन्दा चलाएका घटनाहरू बाहिर आइरहेका बेला टेलिग्रामबाट पनि विभिन्न स्याक्यामका घटनाहरू सार्वजनिक हुन लागेका छन् ।
प्रहरीमा उजुरी दिएका पीडितले भने, ‘विभिन्न प्रलोभनमा परियो । मेरो एक लाख रुपियाँ डुब्यो । बल्ला थाहा पाएको छु । यो समूह सबै स्क्याम गरेर ठगी धन्दा चएको रहेछ । प्रहरीमा उजुरी दिएको छु ।’
बी एण्ड आर ग्रुपमा केही व्यक्तिले बैंकबाट रकम पाएको र दिएको रिसिपहरू राखेका छन् । ती सबै डकुमेन्टहरू नक्कली रहेको पीडितको भनाइ छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया