गायिका नीतुद्वारा आत्मदाहाको प्रयास, अर्का युवक पनि घाइते
काठमाडौं । अनामनगरमा गायिका नीतु पौडेलले आत्मदाहको प्रयास गरेकी छिन् ।
नीतुले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् । शनिबार रेकर्डिङ स्टुडियो नजिकै नीतुले आफूलाई जलाएर हत्याको प्रयास गरेकी हुन् । उनलाई तत्काल उद्दार गरी काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
एसपी भट्टराईका अनुसार, पौडेलसहित अर्का एक युवक पनि घटनामा घाइते भएका छन् । धनबहादुर गिरी नाम गरेका युवकसहित पौडेललाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) पवन भट्टराईले बताए ।
आत्मदाहको प्रयास गरेकी गायिका नीतुले घटना हुनुअघि सामाजिक सञ्जालमा सन्देश समेत लेखेको पाइएको छ । नीतुले फेसबुक लेखेकी छिन्, ‘आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिँदैछु अब ।’
भट्टराईका अनुसार घटनाको कारण खोजी भइरहेको छ । भट्टराईले घटनामा यदि कसैको संलग्नता भेटिए कानूनी कारबाही गरिने बताएका छन् । एसपी भट्टराईले गायिका नीतुको अवस्था सामान्य रहेको बताए । घटनापछि संगीतकार बाबुल गिरी पनि अस्पताल पुगेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया