रविसँगै नख्खु जेलबाट भागेका सारु पक्राउ, फरार महर्जन र प्रधान पनि गिरफ्तार
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा फरार भएका ३ जना प्रतिवादीहरूलाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
प्रहरी वृत्त थानकोटले बिहीबार लागुऔषध मुद्दाका फरार २७ वर्षीय सुशान्त प्रधानलाई पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतको फैसलापछि प्रधान फरार रहेका थिए ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १० सतुङगल बस्ने प्रतिवादी प्रधानलाई पक्राउ गरी कारवाही प्रकृयाको लागि प्रहरी वृत थानकोटमा राखिएको छ ।
बिहीबार नै प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. २ होप भ्यालीबाट भदौ २४ गते नख्खु कारागार, ललितपुरबाट भागेका ३२ वर्षीय अम्बरबहादुर सारु मगरलाई पनि पक्राउ गरेको छ । चोरी मुद्धामा सजाय भोगिरहेका ललितपुर महानगरपालिका वडा नं. २ होप भ्याली घर भएका मगरलाई प्रहरी प्रभाग, इमाडोलबाट क्यूआरटी र सिभिल टोलीले नियन्त्रणमा लिई प्रहरी प्रभाग, इमाडोलमा राखेको विज्ञप्तिमा उल्लेख छ ।
नख्खु कारागारबाट सहकारी ठगी र संगठित अपराधका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भदौ २४ गते जेल तोडेर फरार भएका थिए । जेल प्रशासन र प्रहरीले पक्राउ गर्ने सूचना जारी गरेपछि डराएर लुसुक्क जेल प्रशासनमा सम्पर्क गरेका थिए । रविसँग जेलबाट फरार रहेका अन्य धेरै कैदी बन्दी अझै पनि सम्पर्कमा आएका छैनन् ।
त्यसैगरी कारागारबाट भागेका कैदी बन्दी ३१ वर्षीय विशाल महर्जनलाई बिहीबार काठमाडौंको रानीबारी, दक्षिणकाली मन्दिर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय कारागार, जगन्नाथ देवल, सुन्धारामा सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका काठमाडौं महानगरपालिका वडा नं. २६ सामाखुसी घर भएका महर्जनलाई लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । महर्जनलाई प्रहरी वृत्त, लैनचौरमा राखेर पुनः केन्द्रीय कारागार जनन्नाथदेवल, सुन्धारा, काठमाडौं पठाइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी प्रमुख (एआईजी) दानबहादुर कार्कीले कमाण्ड सम्हालेपछि प्रहरीको मनोवल बढाउनेदेखि प्रहरीका टास्का फोर्स गठन गरेर फरार कैदी बन्दी र अपराधीहरू पक्राउ गर्न लगाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया