विशेष महाधिवेशनका लागि गगन-विश्वले बुझाएको हस्ताक्षर अधिकांश नक्कली, नियमित महाधिवेशनको बाटो बन्द
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालय, सानेपामा बुझाउन लगाएको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर अधिकांश नक्कली रहेको आरोप लागेको छ ।
महामन्त्री थापा र शर्माको निर्देशन र खटनपटनमा नेताहरू गुरुराज घिमिरे, लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन, नेता मनोजमणि आचार्य लगायतले संकलन गरेको हस्ताक्षरहरू अधिकांश नक्कली भएको नेताहरूले दाबी गरेका छन् ।
हस्ताक्षरहरू एकएक गरेर सनाखत गर्न नेताहरूले माग गरेका छन् । गगन–विश्वले हस्ताक्षर सनाखत गर्ने बेला हुलमुल गरेर नेतृत्वको आँखामा छारो हाल्ने प्रयास गर्न सक्ने भन्दै विशेष कार्यदल बनाएर सबै प्रतिनिधिहरूलाई काठमाडौंमा झिकाएर हस्ताक्षर सनाखत हुनुपर्ने माग उठेको छ ।
महामन्त्रीद्वय गगन–विश्वले विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराउन लगाएका छन् । महाधिवेशन प्रतिनिधिहरूको नक्कली हस्ताक्षर अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयमा बसे गरिएको आरोप नेताहरूले लगाएका छन् । गगन–विश्वको पक्षमा १० प्रतिशत मात्रै महाधिवेशन प्रतिनिधि रहेको चर्चा भइरहेका बेला एकै पटक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाएपछि आशंका उब्जिएको छ ।
महामन्त्रीद्वय थापा र शर्माका कारण दुई महिनापछि हुने भनिएको नियमित १५औँ महाधिवेशनको रोकिएको छ । विशेष महाधिवेशनको प्रस्ताव दर्ता भएसँगै नियमित महाधिवेशनको बाटो बन्द भएको गगन–विश्व समूहका नेताहरूले नै बताएका छन् ।
१४औँ महाधिवेशनमा कांग्रेसका २४८५ महाधिवेशन प्रतिनिधि छन् । त्यसमध्ये कुल महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत हस्ताक्षरसहित प्रस्ताव दर्ताले नियमित महाधिवेशनको बाटो बन्द भएको छ ।
दुई महिनापछि कांग्रेसको १५औँ नियमित महाधिवेशन शुरु हुन लागेको थियो । गगन–विश्वले विशेष महाधिवेशन माग गरेपछि यसका लागि प्रक्रिया गर्न नै कम्तिमा ३ महिना लाग्छ । यो अवस्थामा नियमित महाधिवेशन गगन–विश्वले विथोलेका छन् । उनीहरूको हरेक गतिविधि अदुरदर्शी र कांग्रेसको हित विपरितका हुने गरेका छन् ।
गगन–विश्वको अभियानलाई केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि साथ दिएका छन् । हस्ताक्षर बुझाएपछि गगन–विश्व र प्रदीपबीच काठमाडौंमा भेटवार्ता पनि भएको छ । उनीहरूले विशेष महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुनु विषयमा छलफल गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया