काठमाडौं प्रहरीद्वारा अमेरिकन पेस्तोल र हतकडीसहित दुई जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले राजन भुजेल र उत्तम भुजेललाई पेस्तोल र हतकडीसहित पक्राउ गरेको छ ।
मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ गोकर्ण बस्नेतगाउँस्थित पानी ट्याङ्कीमा लुकाइ राखेको अवस्थामा मेड ईन यूएसए लेखिएको पेस्तोल र हतकडीसहित २७ वर्षीय राजन भुजेल र २६ वर्षीय उत्तम भुजेललाई पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताए ।
पक्राउ परेका राजन र उत्तमलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी अनुसनधानका लागि ५ दिनको म्याद थप भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं. ५ घर भएका राजन र मेलम्ची नगरपालिका वडा नं. १ घर भएका उत्तम गोकर्णको बस्नेतगाउँमा बस्दै आएका थिए ।
Published : Wednesday, 2025 October 15, 9:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया