देउवाको सालिन र भद्र कमब्याकले गगन-विश्वमा बेचैनी, कार्यबाहक दिएको हो, कांग्रेस छाडेको होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सालिन र भद्रशैलीमा कमब्याक गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामा निकै बेचैनी र छट्पटाहट देखिएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा सभापति देउवा उपस्थित हुँदा नेता, कार्यकर्ताहरूमा ठूलो उर्जा देखिएको थियो । देउवाले चाहेको भए आफू बस्ने निवासबाट पार्टी कार्यालयसम्म लावालस्करसहित जय–जयकार गराएर आउन सक्थे । उनले त्यो देखावटी कार्य अहिलेसम्म गरेका छैनन् र कहिल्यै पनि गर्दैनन् ।

बिगतमा जस्तै साधारण र सामान्य तरिकाले सभापति देउवा पार्टी कार्यालयमा प्रवेश गरेका थिए । देउवाले केन्द्रीय कार्यसमितिको बैठक होटल वा ब्याङ्केटमा राख्न सक्थे । तर, उनले बैठक जलेकै पार्टी कार्यालयमा राखे । पार्टी कार्यालयबाट देशभरिका नेता, कार्यकर्तालाई सन्देश दिनु थियो । त्यो सन्देश देउवाले दिएका छन् । सभापति देउवाले अभिभावकीय भूमिका निभाएका छन् ।

बैठकमा सालिन, भद्र तरिकाले कसैलाई पनि गालीगलौज नगरी देउवाले राजनीतिक संस्कार देखाएका छन् । चाहेको भए देउवाले पनि गालीगलौज र धम्कीको भाषा बोल्न सक्थे । देउवाले त्यसो गरेनन् । विगतमा पनि गालीगलौज र धम्कीको भाषा उनले कहिल्यै बोलेका छैनन् । चित्त बुझेन भने रिसाउने बानी उनीमा छ ।

सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठकमा आउँदैनन् भन्ने बुझाइ दुई महामन्त्री थापा र शर्माको थियो । देउवालाई कार्यसमितिको बैठकमा आउन नदिन थापा र शर्माले ठूलै गतिविधि गरेका थिए । उनीहरू सफल हुन सकेनन् । कमब्याकका साथ देउवा आएपछि थापा र शर्मालाई ठूलो तनाब भएको नेताहरूले टिकाटिप्पणी गरेका छन् ।

सभापति देउवा हसिलो मुद्रमा थिए । महामन्त्रीद्वय थापा र शर्माको अनुहार मलिन थियो । उनीहरूमा हिनताबोध देखिएको थियो । मुलुक संकटमा छ । देश जलेको छ । मुलुकलाई राजनीतिक निकास दिनुछ । त्यो विषयमा कहिल्यै पनि उचित प्रस्ताव नल्याएका थापा र शर्माले जहिले पनि पार्टी नेतृत्व कब्जा गर्ने विषयमा आफूलाई केन्द्रित गराए । संकटका बेला निकास दिन सक्ने व्यक्ति नेता हुन्छ । संकटको बेला के विषय खपत हुन्छ त्यसको पछाडि लाग्ने र राष्ट्रलाई निकास दिन नसक्ने व्यक्ति त्यो नेता होइन ।

सभापति देउवाले कांग्रेसलाई छोडेका होइनन् । केन्द्रीय समितिमा देउवाको अन्तिम सम्बोधन होइन । राजनीति बुझेको प्राणीलाई जानकारी हुनुपर्छ देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । राजीनामा होइन । देउवाले १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्दैन भनेका हुन् । महाधिवेशनबाट औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गर्छु भनेका हुन् । सभापति छाडेका होइनन् ।

कांग्रेसलाई बलियो बनाउन र सबैलाई मिलाएर लैजानका लागि देउवाले कार्यबाहक दिएर आफू उपचारमा जान लागेका हुन् । देउवाले सबै साथीहरूको भावना समेट्न उठाएको कदमलाई महामन्त्रीद्वय थापा र शर्माले खपतका लागि अपब्याख्या गर्नु उनीहरूका लागि घातक हुनेछ ।

Published : Wednesday, 2025 October 15, 12:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया