उपचारमा जाने भएपछि सभापति देउवाद्वारा खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको अधिकार दिएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् । सभापति देउवा उपचारका लागि सिङ्गापुर जान लागेका छन् । देउवासँगै उनकी पत्नी डा.आरजु राणा पनि सिङ्गापुर जान लागेकी छिन् ।
‘मेरो स्वास्थ्यका कारणले म पार्टीका उप–सभापति श्री पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु । वहाँले पार्टीको बृहत्तर हितमा काम गर्नु हुनेछ भन्ने मेरो विश्वास छ,’ सभापति देउवाले भनेका छन् ।
भदौ २४ गते बुढानिलकण्ठस्थित निवासमा बसेका बेला उत्तेजित र अराजक समूह प्रवेश गरी सभापति देउवा र नेतृ डा.राणाको हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया