एसपी श्रेष्ठद्वारा भालुबाङ प्रहरीको निरीक्षण, जघन्य र पेन्डिङ मुद्दाहरूको फाइल खोल्न निर्देशन
भालुबाङ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठले इलाका प्रहरी कार्यालय, भालुबाङको स्थलगत निरीक्षण र आवश्यक निर्देशन दिएका छन् ।
मंगलबार इलाका प्रहरी कार्यालय, भालुबाङको निरीक्षणमा आएका एसपी श्रेष्ठलाई ईन्स्पेक्टर पुष्करसिंह ऐरीले स्वागत गरेका थिए । ईन्स्पेक्टर ऐरीले एसपी श्रेष्ठलाई कार्यालयको कार्यसम्पादनका बारेमा बिफ्रिङ गरेका छन् ।
एसपी श्रेष्ठले कार्यालय परिसर, व्यारेक, भान्सा तथा कार्यरत प्रहरी कर्मचारीहरूको टर्नआउट लगायत कार्यालयका सम्पूर्ण शाखाहरूको निरीक्षण गरेका छन् । उनले प्रशासन शाखा, प्रबन्ध शाखा, कार्य शाखा, ज्येष्ठ नागरिक शाखा, हिरासत कक्ष आदिको पनि निरीक्षण गरेका छन् ।
एसपी श्रेष्ठले प्रहरी कर्मचारीहरूलाई उच्च अनुशासनमा रही जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । जघन्य तथा पेन्डिङ मुद्दाहरूको प्रभावकारी रूपमा फछ्र्यौट गर्न श्रेष्ठले निर्देशन दिएका छन् ।
फरार प्रतिवादी पक्राउमा विशेष ध्यान दिनुपर्ने भन्दै एसपी श्रेष्ठले हिरासतमा रहेका थुनुवाहरूलाई अदालत लैजाँदा तथा ल्याउँदा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
एसपी श्रेष्ठले सवारी दुर्घटनाको न्यूनीकरण गर्न, नदीजन्य पदार्थहरूको अवैध उत्खनन तथा ओसार–पसार, अवैध काठ तस्करी, अवैध भन्सार छली लगायतका क्रियाकलापहरूमा कडाइका साथ नियन्त्रण गर्न भनेका छन् ।
आगामी तिहार तथा छठ पर्वको समयमा पटका र आतसबाजी जस्ता पदार्थहरूको अवैध ओसार–पसारमा नियन्त्रण गर्न समेत विशेष ध्यान दिनुपर्ने एसपी श्रेष्ठले बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया