वीरगञ्जमा श्रोत नखुलेको रकमसहित यादव पक्राउ, होटलमा छापा
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले श्रोत नखुलेको रकमसहित एकजना युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ का १९ वर्षीय किशन यादवलाई ४ लाख ३४ हजार रुपियाँसहित पक्राउ गरेको पर्सा प्रहरीका एसपी सुदीप पाठकले बताए ।
आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंकको नजिकै संकास्पद हिँडिरहेको अवस्थामा यादवलाई खानतलासी गर्दा श्रोत नखुलेको रकम बरामद भएको एसपी पाठकले बताए ।
यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धान गर्न पाँच दिनको म्याद थप भएको छ ।
यसैबीच, पर्सा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । वीरगञ्जका रोहित रौनियार, श्यामबाबु राय, अन्नतकुमार गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रोशन रौनियारले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले रौनियार सहित ३ जनालाई शनिबार पक्राउ गरेको जनाएको छ । प्रहरीले जुवाको खालबाट ५० हजार ७ सय ७५ रुपियाँ पनि बरामद गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया